काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीको बारेमा निर्णय गर्न शुक्रबारका लागि बोलाइएको संसदीय सुनुवाइ विशेष समितिको बैठक नबस्दै स्थगित गरिएको छ । बैठक आइतबार सम्मका लागि स्थगित भएको हो ।
बिहीबार संसदीय सुनुवाइ समितिमा जोशीले आफूमाथिका विभिन्न प्रश्नहरुको जवाफ दिएपछि समितिले निर्णयका लागि आजको समय तोकेको थियो ।
जोशीको शैक्षिक प्रमाणपत्रमा विवाद भएको र त्यसबारेमा अध्ययन चलिरहेकाले बैठक स्थगित गरिएको जनाइएको छ ।
समितिले अनुमोदन गरेपछि मात्र प्रधानन्यायाधीशमा राष्ट्रपतिले नियुक्ति दिने संवैधानिक व्यवस्था रहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १०, २०७५