काठमाडौं । डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका आवासीय चिकित्सकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
करिब ३० जना चिकित्सकलाई नियन्त्रणमा लिएर नेपाल पुलिस क्लबमा राखिएको छ ।
उनीहरुलाई महाराजगञ्ज शिक्षण अस्पताल अगाडिको सडकबाट प्रहरीले गिरफ्तार गरेको हो ।
शिक्षण अस्पताल अगाडि प्रदर्शन गरिरहेका चिकित्सकहरु बालुवाटारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै उनीहरुलाई पक्राउ गरेको हो ।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी चिकित्सकहरुका बिचमा झडप समेत भएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०७५