काठमाडौं । नेपाल वायु सेवा निगमलले अर्को ठूलो वाइड बडी विमान विमान काठमाडौं ल्याएको छ । ‘मकालु’ नाम दिइएको ए ३३०–२०० सिरिजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।
उक्त विमान फ्रान्सको तुलुज शहरबाट उडान भरी काठमाडौँ आएको हो । विमानको कलसाइन ‘नाइन एन एएलजेट’ रहेको निगमले जनाएको छ ।
यूरोपेली कम्पनी एअरबसले उत्पादन गरेको उक्त विमान निगमले अमेरिकी कम्पनी एआरसँग किनेको हो । विमानको मूल्य २१ अर्ब ९० करोड नेपाली रुपैया रहेको छ ।
यसअघि निगमले ‘अन्नपूर्ण’ नामको वाइड बडी विमान गत असार १४ गते ल्याएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०७५