चितवन । तीन पाङ्ग्रे अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा चल्न नदिने भरतपुर महानगरपालिकाको निर्णय विरुद्ध आन्दोलन गर्दै सडकमा उत्रिएका यातायात मजदुर र प्रहरीबिच झडप भएको छ ।
झडपका क्रममा प्रहरीले हवाई फायर समेत गरेको छ । झडपबाट दुई प्रहरीसहित केही आन्दोलनकारीहरु घाइते भएका छन् ।
केन्द्रीय वस टर्मिलन चोकमा भएको झडपमा प्रहरीले हवाई फायरसमेत गरेको छ । आन्दोलनकारीहरुले चोकमा रहेको प्रहरीको बिटमा आगो लगाउन खोजेपछि प्रहरीले हवाई फायर गरेको हो ।
आन्दोलनकारीहरुले प्रहरी चौकी अगाडि एक मोटरसाइकलमा आगो समेत लगाएका छन् ।
प्रहरीले केही आन्दोलनकारीहरुलाई पक्राउ गरेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ८, २०७५