काठमाडौं । सरकार र आमरण अनसनरत डा. गोविन्द केसीको वार्ता टोलीबिच पुनः वार्ता सुरु भएको छ ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको पहलमा वार्ता सुरु भएको हो । वार्ताको पहल गर्नका लागि नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, केदारभक्त माथेमा, मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटा र डा. केसीको वार्ताटोलीसँग संवाद गरेका थिए ।
संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने पूर्वशर्तमा रहेको डा. केसीको वार्ताटोलीले उक्त शर्त छाडेपछि सरकारी टोलीसँग संवाद सुरु भएको हो ।
शिक्षा मन्त्रालयमा भइरहेको वार्तामा सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली र डा. केसीको तर्फबाट जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, अभिषेकराज सिंह र सुमित पाण्डे रहेका छन् ।
प्रकाशित मिति: सोमबार, साउन ७, २०७५