काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ सय ५५ ग्राम सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । सुनका टुक्रा मुखभित्र लुकाएर ल्याइराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारतीय नागरिक रहिस अहमद र मोहम्मद अजाम रहेका छन् । उनीहरु दुबईबाट काठमाडौं आएका थिए । विमानस्थल भित्र केही नबोली निस्किएको देखेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
अहमदबाट एक सय १६ ग्राम र अजामबाट एक सय ३९ ग्राम सुन बरामद भएको र उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १, २०७५