काठमाडौं । चलचित्र विकास बोर्डमा निकिता पौडेलको पुनर्बहाली भएको छ । देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ती बदर गर्ने वर्तमान सरकारको निर्णयपछि पदमुक्त भएकी निकिताले सरकारको निर्णयविरुद्ध उजुरी दिएपछि उनलाई पुनर्बहाली गर्न सर्वोच्चले आदेश दिएको हो ।
निकिताले आफू प्रक्रियागत रुपमा नै बोर्डको अध्यक्ष पदमा नियुक्त भएको भन्दै सरकारको निर्णय विरुद्ध सर्वोच्चमा उजुरी दिएकी थिइन् ।
सर्वोच्चले अर्को आदेश नआएसम्म नियुक्ति बदर गर्ने निर्णय कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको हो । यो आदेशसँगै चलचित्र विकास बोर्डमा उनको पुर्नबहाली हुने भएको हो ।
प्रकाशित मिति: सोमबार, असार ३२, २०७५