काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको छ ।
मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।
जारी विज्ञप्तिमा उपकुलपति कोइरालालाई क्यानाडामा आयोजित कार्यक्रममा जान रोक लगाएको विषयमा सरकारको धारणा सार्वजनिक गर्दै प्रचलित कानूनबमोजिम त्यसरी विदेश जानुपूर्व तालुक मन्त्रालयबाट अनुमति लिनुपर्नेमा कुनै अनुमति नलिएको जनाइएको छ ।
कोइरालालाई यही असार २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, असार २४, २०७५