पोखरा । मुस्ताङको स्याङ्बोचे स्थित कालीगण्डकी करिडोरमा ट्रिपर दुर्घटना हुँदा त्यसमा चढेका १५ मजदुरको मृत्यु भएको छ ।
सडक निर्माण कार्यमा संलग्न मजदुरहरु खाना खाएर कामतर्फ जाँदै गर्दा उनीहरु चढेको ट्रिपर सडकबाट खसेको हो । दुर्घटनामा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको खबर प्राप्त भएको छ ।
१७ जना घाइते भएका छन् । घाइतेको उद्दारका लागि प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ भने काठमाडौंबाट हेलिकप्टर पुग्न बाँकी रहेको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०७५