चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा एक पछि अर्काे पहिरो थपिँदै जान थालेपछि आज गाडी चल्ने संभावना निकै कम देखिएको छ ।
बिहान ५ः३० बजेतिर टोपे खोलामा करिब ५० मिटर लामोे पहिरो खसेपछि अवरुद्ध भएको सडकमा त्यसको नजिकै कालिखोला र टोपे खोलाको बीचमा अर्को पहिरो खसेपछि आज दिनभरि नै गाडी चल्ने संभावना कम भएको हो ।
अहिले टोपे खोलाको पहिरो हटाउन काम सुरु भएको छ । यो पहिरो हटाउन आज दिनभरि नै लाग्ने प्रहरीको अनुमान छ ।
सडकखण्डमा गाडी रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन् ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०७५