बागलुङ । पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
सोमबार राति परेको अविरल वर्षापछि जिल्लाको बरेङ गाउँपालिका–१, लुरु भन्ने स्थानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।
पुरिएर ज्यान गुमाउनेहरुमा विष्णुबहादुर क्षेत्री, विष्णुकुमारी क्षेत्री र सोनिया क्षेत्री रहेको जनाइएको छ ।
पहिरोले नजिकैको अर्को घरमा समेत सामान्य क्षति पुगेको भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
अविरल बर्षाका कारण बागलुङका विभिन्न स्थानहरुमा पहिरो गएको छ । कहाँ कति धनजनको नोक्सानी भएको छ भन्ने यकिन विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: सोमबार, असार ११, २०७५