काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक अन्तर्गत शुक्रबार विनियोजन विधेयक, २०७५ का विभिन्न शीर्षकमाथिको छलफल भएको छ । छलफलमा सहभागी सांसदहरुले स्वदेशमै रोजगार र समान शिक्षाको व्यवस्था हुनुपर्ने कुरामा जोड दिएका छन् ।
बैठकमा विनियोजन विधेयकअन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसंख्या र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।
सांसद देवप्रसाद तिमिल्सना र सांसद नरमाया ढकालले राज्यले गरिबीको रेखामुनि रहेका व्यक्तिलाई रोजगार तथा शिक्षाको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिए भने सांसद कृष्णभक्त पोखरेलले अदक्ष कामदारलाई विदेशमा पठाउँदा जोखिम बढेको भन्दै बिना सीप विदेशमा कुनै पनि कामदारलाई पठाउन नहुने तर्क राखेका थिए ।
सांसदहरु यज्ञबहादुर सुनुवार, घनश्याम खतिवडा, दिव्यमणिराज भण्डारी, गणेशसिंह ठगुन्ना, मीरादेवी जैरीे, मैनाकुमारी भण्डारी, चन्द्रकान्त चौधरीले शिक्षा र स्वास्थ्य मानिसको जीवनको अत्यन्तै महत्वपूर्ण पाटो भएको हुँदा नागरिकको आधारभूत शिक्षा र स्वास्थ्यमा गरीब जनताको पहुँच पु¥याउने विषयलाई प्राथमिकताका साथ बजेटमा राख्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा सांसद पवित्रा निरौला खरेल, सूर्यप्रसाद पाठक, सांसद सुजिता शाक्य, रेखाकुमारी झा, गजेन्द्रबहादुर महतलगायतले बजेट विनियोजन सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
प्रतिनिधिसभाको अर्काे बैठक यही असार १० गते दिउँसो २ बजे बस्नेछ ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०७५