काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भएको आशंकामा रहेका रेष्टुरेन्ट व्यवसायी अकवर शाह पक्राउ परेका छन् ।
सञ्चार उद्यमी जमिम शाहका आफन्त शाहलाई बिहीबार साँझ ललितपुरको लबिम मलमा रहेको उनकै रेष्टुरेण्टबाट नियन्त्रणमा लिइएको हो ।
सुन तस्कर डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेसँग सम्पर्कमा रहेको खुलेपछि शाहलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
समितिले सुन तस्करी र हुण्डी कारबारमा संलग्न भएको आशंकामा हालै मात्र विमल पोद्दारलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०७५