बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर दिइएको छ ।
चीनको ग्रेट हल अफ दि पिपुल्समा चिनियाँ प्रधानमन्त्री लि खछ्याङको उपस्थितिमा उनलाई गार्ड अफ अनर दिइएको हो ।
त्यसलगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको जनाइएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले आफू र आफ्नो प्रतिनिधिमण्डललाई गरेको स्वागतप्रति धन्यवाद दिँदै द्वीपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउनेमा जोड दिएका छन् ।
त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसुसँग भेटवार्ता गरेका थिए । ग्रेट हल अफ दि पिपल्समा भएको भेटवार्तामा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो ।
प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसको अध्यक्षमा निर्वाचित हुनुभएकामा लिलाई बधाई दिँदै सफल कार्यकालको कामना व्यक्त गरे । अध्यक्ष लि ले नेपालको भूकम्प र त्यसले पारेको प्रभाव र पुनःनिर्माणमा भइरहेको प्रगतिका बारेमा प्रधानमन्त्री ओलीसँग जिज्ञासा राखेका थिए ।
प्रकाशित मिति: बुधबार, असार ६, २०७५