काठमाडौं । ‘स्वस्थ, सबल र समृद्ध नपालको प्रतिबद्धताः लागूऔषध अपराधविरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित सप्ताहव्यापी अभियान बुधबारबाट देशभर सुरु गरिएको छ । हरेक वर्षको २६ जुनमा मनाइने लागू औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले अभियान चलाउने भएको हो ।
अभियानको अवसरमा सरोकारवालाहरुसँग समन्वय गरी ७७ वटै जिल्ला प्रशासनलाई सचेतनामूलक कार्यक्रम गर्न गृहले निर्देशन दिएको छ ।
मन्त्रालयका अनुसार दिवसका अवसरमा कार्ययोजनासहित सचेतना अभियान, लागूऔषध नियन्त्रण सम्बन्धी नीति, ऐन, निर्देशिका तर्जुमा र परिमार्जन सम्बन्धमा छलफल, गाँजा र अफिम खेतीको फडानी, प्रभातफेरी सहित २६ वटा कार्यक्रमहरु सञ्चालन गर्ने तयारी छ ।
हाल नेपालमा १ लाख ५० हजार बढी लागूऔषध प्रयोगकर्ता रहेको अनुमान छ ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५