काठमाडौँ । प्रारम्भिक बाल विकासका मुद्धाहरुमा एकिकृत धारणा तय गर्न र यस क्षेत्रका बारेमा सरोकारवालाहरुको ध्यान आकृष्ट गर्ने गरि दुई दिने प्रारम्भिक बाल विकास (इसिडि) सम्मेलन सम्पन्न भएको छ ।
शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले उद्घाटन गरेको यो सम्मेलनमा मुलकभरका सात प्रदेशका १८ जिल्लाका करिब २ सय जना सहभागी रहेका थिए । जुन २ देखि ३ सम्म ललितपुरमा सम्पन्न भएको यो सम्मेलनले बिभिन्न बिषयमा ३१ वटा कार्यशालाहरु सम्पन्न गरेको छ ।
मुलतः प्रारम्भिक बाल शिक्षा अध्यापनमा संलग्न रहेका शिक्षक र अभ्यासकर्ताहरुमा केन्द्रित गरिएको यो सम्मेलनले आजको बिश्वमा प्रारम्भिक बाल विकासको अबस्था र आगामि दिनमा नेपाल भित्र गरिनुपर्ने बिषयहरुका बारेमा समेत जानकारी गराएको छ । अन्तराष्ट्रिय बिज्ञहरुको समेत सलग्नता रहेको यो सम्मेलनले प्रारम्भिक बाल विकासका क्षेत्रमा उल्लेख्य भुमिका खेल्ने आयोजकहरुको अपेक्षा रहेको छ ।

सम्मेलनमा सम्मन्न गरिएका कार्यशालाहरुमा प्रारम्भिक बाल विकास केन्द्रहरुमा स्थानीय श्रोतहरुको कसरी प्रयोग गर्ने, प्रारम्भिक बाल विकासको बिज्ञान, दिमागको बिकास कसरी गर्ने र प्रारम्भिक बाल विकासको सरसफाईमा कसरी ध्यान दिने लगायतका बिषयमा जानकारी गराईएको थियो । खेलकुद संगै सिकाई, संगीतमा संलग्नता र बालबालीका संग कसरी पेश हुने लगायतका बिभिन्न बिषयहरुमा बिज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए ।
सम्मेलनको उद्घाटन गरेका शिक्षामन्त्री गिरिराजमणी पोखरेलले सरकार प्रारम्भिक बाल विकासका मुद्धाहरुमा गंभिर रहेको बताएका थिए । उनले यस क्षेत्रमा भईरहेका प्रयासको सरहाना गर्दै आगामि दिनमा यस क्षेत्रका सरोकारवालाहरु संगको सहकार्यमै सरकारले कार्यक्रमहरु लागु गर्ने जानकारी समेत दिनुभयो । दुई दिने सम्मेलन प्रारम्भिक बाल विकास समाज र अन्तराष्ट्रिय बाल शिक्षा संगठनको संयुक्त आयोजनामा भएको थियो । सम्मेलनलाई वाटर एड लगायतका गैरसरकारी संस्थाहरुले सहकार्य गरेका थिए । सम्मेलनले आगामि दिनमा यस क्षेत्रको बिकास प्रभावकारी बनाउन सहयोग गर्ने आयाजकहरुले अपेक्षा गरेका छन ।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०७५