काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति पछि संघिय समाजवादी फोरम पनि अब सरकारमा सहभागी हुने भएको छ । सोमबार बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादव बिच दुईवँुदे सहमतीमा हस्ताक्षर भएको छ । दईवँुदे सहमतीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले संबिधान संसोधन गर्ने लिखित सहमती समेत गरेको छ । फोरम लगायत मधेसवादी दलहरुले लामो समय देखि सविधान संसोधनको मुद्धा उठाउदै आएका थिए ।
‘फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ,’ भन्ने वाक्यांस सहमती पत्रमा समावेश गरिएको छ । फोरम पनि सरकारमा सहभागी हुने सैद्धान्तीक सहमती भएपनि कति मन्त्रालय र कुन कुन मन्त्रालय उसले समाल्ने भन्ने सहमती हुन भने बाकि रहेको छ । ओली सरकारमा केहि राज्यमन्त्रीहरुले मन्त्रालयको नेतृत्व गरिरहेका छन । श्रोतका अनुसार स्वास्थ्य लगायतका मन्त्रालयको नेतृत्व फोरमले गर्ने छ भने बाकि मन्त्रालयमा पनि फेरवदल हुन सक्नेछ ।
प्रकाशित मिति: आइतबार, जेठ १३, २०७५