काठमाडौं: प्रहरी परिसरले हरेक महिना ६ जनालाई प्रदान गर्ने ‘काठमाडौं प्रहरी अवार्ड’ शुक्रबार वितरण गरेएको छ । परिसरमा आयोजित एक समारोहमा उत्कृष्ट काम गर्ने ६ जना प्रहरी अधिकारीलाई पुरस्कार दिइएको हो । पुरस्कार पाउनेमा प्रहरी नायब उपरीक्षक (डिएसपी) तर्फ प्रदीपबहादुर क्षेत्री र अनुपम क्षेष्ठ, प्रहरी निरीक्षकतर्फ शर्मिला गुरुङ र पुष्कर बोगटी, प्रहरी नायब निरीक्षकतर्फ टेकबहादुर कुँवर, प्रहरी सहायक निरीक्षकतर्फ शिव कट्टेल र प्रहरी जवानतर्फ अर्जुन सेठ्ठी छन् ।
परिसर मातहतका कार्यालयहरु मध्येबाट उत्कृष्ट कार्य प्रदर्शन गर्ने प्रहरी अधिकारी मध्ये प्रहरी नायब उपरीक्षकलाई ५० हजार, प्रहरी निरीक्षकलाई ३५ हजार, प्रहरी नायब निरीक्षकलाई २५ हजार, प्रहरी सहायक निरीक्षकलाई २० हजार, प्रहरी हवल्दारलाई १५ हजार र प्रहरी जवानलाई १० हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गर्ने यसअघि घोषणा गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५