काठमाडौं: काठमाडौं महानगरपालिकाले चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्ययनका लागि चीनको चाइना रेलवे २५ व्युरो ग्रुप कम्पनीलाई जिम्मा दिइएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्य र चाइना रेलवेका महाप्रवन्धक लि होङगकीले सम्भाव्यता अध्ययन सम्बन्धी सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कम्पनीले छ महिनाभित्रमा महानगरलाई सम्भाव्यता अध्ययन रिपोर्ट बुझाउने छ । सोही रिपोर्टका आधारमा मोनोरेल निर्माण कार्य अघि बढाईने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
हस्ताक्षर कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन,कामपाकी उपमेयर हरिप्रभा खड्गी, प्रमुख प्रशासकीय अधिकृत यादव कोईराला लगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५