भारतमा निपा भारइरसको संक्रमणबाट ११ जनाको ज्यान गइसकेको छ । केरेलाको उक नर्स भाइरस संक्रमितको उपचारको क्रममा आफै संक्रमीत भएकी थिइन् । उनले मर्नु अघि लेखेको नोट त अहिले समाचारका विषय भइसके । चमेरो र सुंगुरबाट मानीसमा सर्ने तथा मानीसबाट मानीसमा सनेै भएका कारण नेपाल पनि निपा भाइरसबाट सुरक्षित मानीदैन । खासमा नेपाल भारतमा धेरै आवत जावत र हाम्रै घरआगनमा सुंगष्र पालीने तथा चमेरो पनि हुने भएका कारण नेपालाई सुरक्षित मान्न नसकिएको हो ।
यस अघि २०७१ मा मोरङमै ६ जना यस भाइरसको संक्रीत भएको अनुमान गरिएको थियो । जसमा चार जनाको निधन भएको थियो । सो समयमा निपा भाइरसको संक्रमण भएको लक्षण र अनुमान गरिए पनि अध्ययनको निष्कर्ष ननिस्कदै उनीहरुको निधन भएको थियो । निपाबाट संक्रमितहरु २४ देखि ४८ घन्टामा बहोस भइ उनीहरुको निधन नै हुने गर्छ ।
सन् १९९९ मा मलेसिया र संीगापुरमा संगुपालन गर्ने विमारी भए पछि यो भाइरसको संक्रमण पहिलो पटक देखिएको हो । सन्् २००४ मा बंगलादेशमा पनि यो समस्या देखिएको थियो । यसको उपचार अझै देखिएको छैन । तर,सुरक्षा अपनाउनका लागि चमेरो र सुंगुरबाट टाढै रहनु उपयुक्त मानीन्छ । –एजेन्सी
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५