काठमाडौँ : त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ । विमानस्थलमा चाप बढे पछि व्यवस्थापनका लागि दैनिक १८ घण्टाबाट २१ घण्टा सञ्चालनमा ल्याउन लागिएको हो । तीन घण्टा थप विमानस्थल सञ्चालनका लागि आवश्यक कर्मचारी व्यवस्थापन लगायतका काम सम्पन्न भइसकेको विमानस्थल निकट श्रोतले जनाएको छ ।
तीन घण्टा समय थप भएपछि अब बिहान ६ बजेदेखि अब अर्को दिन बिहान ३ बजेसम्म विमानस्थल सञ्चालनमा आउनेछ । अहिले बिहान ६ बजेदेखि राति १२ बजेसम्म विमानस्थल सञ्चालन भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ६, २०७५