सिरहा । सिरहाको सीमावर्ती सिरहा नगरपालिका स्थित नेपाल भारत सीमा नजिकबाट प्रहरीले चोरी निकासी गरी भारततर्फ लगिरहेको एक लाख रुपैयाँ बढी मूल्य बराबरको टुथपेष्टसहित दुई भारतीयलाई पक्राउ गरेको छ । प्राप्त जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती प्रहरी टोलीले विशेष सूचनाको आधारमा दसगजा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथमा एक लाख एक हजार चार सय रुपैयाँ बराबरको टुथपेष्टथियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा भारत बिहार मधुवनी थाना जयनगर कमलाबारी ग्राम पंचायत ५ बस्ने वर्ष १८ का प्रभुनारायण साह र वर्ष १९ का चन्दन साफी रहेका छन् । प्रहरीका अनुसार चारवटा साइकलमा लोड गरिएको क्लोजअप, डाबर रेड, पेप्सोडेन्ट ४० कार्टुन टुथ पेष्ट बरामद गरी दुई जना र चार थान साईकल आवश्यक कारबाहीका लागि बिहीबार माडरस्थित जिल्ला भन्सार कार्यालय सिरहालाई बुझाइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५