काठमाडौँ । संसारभरका महिला अधिकारकर्मीले बर्षौदेखि उठाउँदै आएको मुद्धा हो, आफ्नो शरीर, आफ्नै हक ।
जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौती हो ।
पश्चिमका धेरै मुलुकमा यही मुद्धामा उभिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउन पाउने हक दिलाईसकेको छ ।
विवाह गरेर पनि आफ्नो ईच्छाविना यौनसम्पर्क राखे त्यसलाई बलात्कारै मान्ने कानुन् त नेपालमा पनि बनिसकेको छ ।
अब भने पश्चिममा मुलुकमा झैँ नेपालमा पनि बच्चा जन्माउन झैँ नेपालमा बच्चा जन्माउन विहे गर्नैपर्ने कानुनी व्यवस्था हट्ने भएको छ ।
संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजननसम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५