धादिङ । धादिङको धुनिबेशी चालिसे बजारमा भारतीय नम्बर प्लेटका दुईवटा ट्रकमा आगजनी भएको छ । आइतबार बिहान साढे २ बजेतिर भएका २० चक्के ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो ।
आगलागीबाट आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको ट्रक पूर्णरुपमा क्षतीग्रस्त भएका छन् ।
बजार क्षेत्रमै आगो लागेपछि स्थानीयबासी त्रसित भएका छन् ।
आगो कसले लगायो भन्ने खुलेको छैन । तर, आइतबार विप्लव माओवादीले बन्द आह्वान गरेकाले उनीहरुकै संलग्नता हुनसक्ने अनुमान गरिएको छ ।
भारतसँग नेपालले गरेको अरुण तेस्रो जलविद्युत आयोजनाको सम्झौताको विरोध स्वरुप विप्लव समूहले आज नेपाल बन्दको आव्हान गरेको छ । बन्दका कारण धादिङबाट काठमाडौं, पोखरा, चितवन लगायत स्थानमा जाने साना तथा ठुला गाडीहरु बाटोमै रोकिएका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०७५