काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अाज तिर्थाटन गर्दै छन्। मोदीको अाजको कार्यक्रम तिर्थाटन रहेको छ। सुरूमा मुक्तिनाथ पुगेर फर्किने उनी त्यसपछि पशुपतिनाथ पुग्ने छन्।
मुक्तिनाथ मन्दिर छेवैमा रहेको हेलिप्याडमा ओर्लेपछि मोदीले एक घण्टा मन्दिरमा विशेष पूजा गर्ने कार्यक्रम छ। उनी मुक्तिनाथ पुग्ने पहिलो उच्च पदका विदेशी पाहुना हुँदैछन्।
मोदीको सम्मानमा त्यहाँका स्थानीय समुदायले आफ्नो परम्परागत सांस्कृतिक कला तथा झाँकीहरु प्रस्तुत गर्दै नागरिक अभिनन्दन गर्ने तयारी भएको छ।
मुक्तिनाथबाट मोदी काठमाडौँ फर्केसँगै त्रिभुवन विमानस्थलबाट सोझै पशुपतिनाथ दर्शनका लागि जाने छन्। त्यसपछि उनी होटेलमा केही समय अाराम गरी काठमाडौँ महानगरको नागरिक अभिनन्दनमा जाने छन् ।
महानगरको अभिनन्दन कार्यक्रममा उनलार्इ काठमाडौँ नगरको साँचो दिइने छ। त्यसपछि उनी त्यहाँबाट सिधै विमानस्थल पुगी दिल्लीका लागि प्रस्थान गर्ने छन्।
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०७५