काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुगेका छन्। विहान दिल्लीबाट जनकपुर आइपुगेका उनी त्यहाँबाट काठमाडौँ आइपुगेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उनलाई स्वागत गरे ।
काठमाडौँमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ । त्यस्तै मोदी भोली शनिबार बिहान मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ । काठमाडौँ महानगरपालिकाले उनलाई नागरिक अभिनन्दन गर्नेछ । त्यस्तै उनी पशुपतिनाथ दर्शन जाने कार्यक्रम समेत रहेको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०७५