जनकपुर । नेपालका प्रधानमन्त्री केपी शर्मा अोली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्या सर्किटको शुक्रबार उदघाटन गर्दै छन्। सोही अवसरमा जनकपुर अयोध्या बस सेवा समेत सुरू गरिँदै छ।
बस सेवाको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरबाट गर्नेछन्। दुर्इ प्रधानमन्त्रीले जनकपुरबाट प्रदेश २ का दुर्इ राज्यमन्त्रीलार्इ अयोध्याका लागि विदाइ गर्दै छन्।
प्रदेश २ का गृहराज्य मन्त्री सरोज सिंह कुशवाहा र अर्थराज्यमन्त्री उषा यादव सोही बसमा अयोध्या पुग्ने छन्। अयोध्यामा भारको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०७५