चितवन । पूर्वि चितवनको कालिका नगरपालिका ७ मा केहीदिन अघि किसानले लगाएको केरा नष्ट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर ६ का २३ बर्षिय अर्जुन गहतराज, बडा नम्बर १ का २३ बर्षिय मनिस बहादुर गरुुङ, बडा नम्बर ३ का २२ बर्षिय सुजन लोप्चन, बडा नम्बर ७ का २८ बर्षिय गोपाल परियार र सो ठाउका १८ बर्षिय उमेश माझी रहेका छन् ।
प्रारम्भिक अनुसन्धानका आधारमा केरा काट्न उनिहरुको संलग्नता देखिएकाले केही सार्वजनिक अपराध अन्तर्गत मुद्धा दायर गरी म्याद थपको तयारी भैरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक बासुदेव खतिवडाले जानकारी दिनुभयो ।
घटनामा संलग्न अन्य दुईजना फरार रहेको र उनिहरुको खोजीकार्य भैरहेको खतिवडाले बताउनुभयो । कालिका नगरपालिका ६ भटेनी नयाँ टोलका स्थानिय १२ जना किसानले लगाएको करिव ३१ सय केराको बोट एकै रातमा अज्ञात समूहले नष्ट गरिदिएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०७५