काठमाडौं । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हवाई चापलाई कम गर्न काठमाडौं नजिक पर्ने गरी आन्तरिक विमानस्थल निर्माण गर्ने भएको छ ।
यसअघि पटक पटक उठ्दै अाएको यस विषयलार्इ सम्बोधन गर्नका लागि सरकारले गृहकार्य अगाडि बढाएको हो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित नागरिक उड्यन प्राधिकरणको एक टोलीले मंगलबार यसका लागि मंगलबार काभ्रेको ठूलीचौर, चिसापानी ठूलीचौर, बनेपा नागीडाँडालगायत स्थानको अवलोकन गरेको छ ।
उपयुक्त स्थानहरुको छनोट गरी विज्ञहरुको सहयोगमा काठमाडौंका लागि आन्तरिक उडान-अवतरणको आन्तरिक एयरपोर्ट निर्माण स्थल छनोट गरिने पर्यटनमन्त्री अधिकारीले बताए।
सम्भाव्यता अध्ययत गरी स्थान छनोट हुनासाथ एयरपोर्ट निर्माणको काम अघि बढी हाल्ने उनले बताएका छन् ।
हाल त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलले आन्तरिक तथा बाह्य दुबै उडान अवतरण गर्दा हवाई चाप धान्न सकिरहेको छैन । उडान चापकै कारण कतिपय अवस्थामा धावन मार्ग खाली नहुँदा जहाजहरु आकाशमै फन्को लगाएर उडाइरहनु परेको अवस्था छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०७५