झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नहुने भन्दै जनप्रतिनिधिहरूलार्इ बालबालिका खोजी खोजी विद्यालय भर्ना गराउन निर्देशन दिएका छन् ।
आज झापाको सदरमुकाम भद्रपुरमा आयोजित प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै उनले कोही बालबालिका विद्यालय जानबाट वञ्चित हुन नपरोस् भनेर आफूले नै कर्णाली पुगेर यो अभियान शुरु गरेको बताए।
तपाईं गाउँ गाउँ गएर विद्यालय जान नपाएका बालबालिका खोजेर विद्यालयसम्म ल्याउनुहोस्, अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुनुहुँदैन, प्रधानमन्त्री ओलीले भने।
यसैबीच प्रधानमन्त्री ओलीले आज नै चारपाने–चैतुबारी–मोतीगढ, साधुकुटी–घोडामारा–राजगढ सडकखण्डको स्तरोन्तिको शिलान्यास गरेका छन्।
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०७५