लुम्बिनी। बुद्धजन्म स्थल लुम्बिनीको महत्व बढीरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बृहत्तर क्षेत्रलाई सबै धर्मालम्बीहरुको साझा तपोभूमिको रुपमा आध्यात्मिक बिकास गरिने बताएका छन ।
सो कुरा उनले बुद्धजन्म स्थल लुम्बिनीमा नव निर्मित आशो जेतवन आध्यात्मिक लुम्बिनी ग्रामको उदघाटन गर्दै बताएका हुन ।
प्रधानमन्त्री ओलीले साक्यमनि बुद्धजन्म स्थल वरिपरि कपिलमुनि कनकमनिबुद्ध,कश्यपबुद्ध,कक्रछन्दबुद्ध बाल्मीकि ऋषिमुनिको जन्मस्थान तथा तपोभूमिलाई साझा तपोभूमिको रुपमा आध्यात्मिक बिकास गरि संसार भरि ज्ञानको ज्योति फैलाउने बताए ।
उनले मानवजातिको उत्पत्ति देखि नै समाज सुधारक ऋषिमुनिहरुले दिएको उपदेशहरुलाई एकत्रित गर्दै सबै धर्मालम्बीहरुको साझा अवधारणा लुम्बिनी बृहत्तर क्षेत्रलाई बिश्वकै नमूना ध्यान क्षेत्र बनाई ज्ञान र ध्यानको खोजीकर्ताहरुलाई भित्रयाई उनीहरुको ज्ञानलाई प्रयोग गर्दै यसै क्षेत्रबाट सभ्य समाज तथा नया युगको शुभारम्भ गर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा ५ नं. प्रदेशका मुख्यमन्त्री शंकरपोखरेलले हाम्रा पुर्खाहरुले छोडेर गएको ज्ञान र सीपलाई बटुलेर ५ नं. प्रदेशलाई शिक्षाको साझा हवको रुपमा बिकास गरि सुन्दर समाजको स्थापना गर्न अल्पकालीन तथा दीर्घकालीन योजनाका साथ प्रदेश सरकार गृहकार्यमा जुटेको जानकारी गराए ।
सामारोहमा ओशो तपोबन काठमान्डौका आचार्य बोधीसत्व अरुण स्वामी ओशो जेतवन लुमिबनीका स्वामी अभय, एन आर एन का पूर्ब अध्यक्ष उपेन्द्र महतो लगायतले सभ्य समाज स्थापना प्रति मक्तब्य ब्यक्त गरेका थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०७५