चितवन । चितवनको नारायणी नदी बचाउ अभियान ११ औँ साता सरसफाई कार्यक्रममा चितवन क्षेत्र न २ का सासंद कृष्णभक्त पोख्रेरेल सहभागी भएका छन् । ११ हप्तादेखि नदी सफाईमा जुटेका सचेत युवाहरुको संख्या यो सोमबार उल्लेख्य रुपमा बढेको छ ।
सासंद पोख्रेरल ११ औ सरसफाई कार्यक्रमको अवसरमा बोल्दै नदी सरसफाईका लागि हरेक नागरिक एकजुट भएर अगाडी बढ्नु पर्ने , साथै फोहर गर्नेलाई कडा कार्वाही हुने निति बनाउने तयारी रहेको समेत बताएका छन् । चितवनको नारायणगढ भएर बग्ने नारायणी नदी मानवीय कारणले प्रदुषित बन्दै गएपछि स्थानियहरु आफै जागरुप बन्दै यो क्षेत्रको बजार बन्द हुने सोमबारको दिन पारेर बिहानी समयमा सरसफाईमा जुटेको स्थानिय अगुवा रामकुमार श्रेष्ठले जानकारी दिए ।
आफ्नो घर, टोल सफा गरेमा मात्रै नगर हुदै समाज र राष्ट्र नै स्वच्छ बनाउन सकिन्छ , भन्ने उद्देश्यले युवाहरुले सरसफाईलाई निरन्तरता दिएको श्रेष्ठले जानकारी दिए । हरेक सोमबार हुने नदी सफाईमा स्थानीय वे ग्रुप, नेपाल मैत्री समाज, उद्योग वाणिज्य संघ चितवन, टोल विकास संस्था, व्यवसायी, विभिन्न धार्मिक संघसंस्था तथा स्थानीय युवाहरुको सहभागिता रहने गरेको छ ।
यस अगाडि फाट्ट फुट्ट रुपमा मात्रै नदी सफाई हुने गरेको भएपनि ११ हप्ता देखि हरेक सोमबार अभियानकै रुपमा हरेक हप्ता नदी किनार सफाई हुन थालेको अर्को स्थानिय युवा व्यवसायी समेत रहेको चन्दन अग्रवालले बताए । यो अभियानलाई विस्तार गर्दै समग्र नदी सफाई गर्ने वातावरणको सिर्जना गर्न स्थानीय सरकार लाग्नुपर्ने युवाहरुको भनाई छ । सोही अवसरमा सासंद पोख्रेरेलले टेबल टेनिस कोर्डको शिलन्यास समेत गरेका थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०७५