चितवन । भरतपुर अस्पतालमा सरसफाईका लागि आवश्यक पर्ने सामाग्री अभावका कारण नियमित गर्नु पर्ने सरसफाईका कार्य प्रभावित भएका छन् ।
सरसफाईका लागि अति आवस्यक सामाग्रीहरु पोचा, सरफ फिनेल, हातधुने साबुन लगायतका सामाग्री अभाव हुदाँ अस्पतालामा खालि पानीमा पोचा भिजाएर लगाउनु पर्ने बाध्यता रहेको अस्पतालको सरसफाई बिभागमा कार्यरत कर्मचारीहरुले बताएका छन् । अस्पताल प्रशासन यो बिषयमा गम्भिर नहुदा यस्तो समस्या आएको कर्मचारीहरु बताउछन् ।
अस्पतालमा दैनिक तीन पटक सम्म सरसफाई गर्नु पर्ने हुन्छ ।सरससफाई गर्दा आवस्यक केमिकल नहालेमा मानिसमा विभिन्न प्रकारका रोगका संक्रमण फैलन सक्छ जसले गर्दा सरुवा रोगको महामारी समेत सृजना हुन सक्ने अस्पतालमा कार्यरत चिकित्सकहरु बताउछन् । आफुले एक हप्ता अगाडी नै अस्पतालमा सरसफाईका लागि चाहिने सामाग्री सकिएको जानकारी दिदै माग फारम समेत भरेर बुझाउदा पनि अहिले सम्म सामाग्री उपलब्ध नहुदाँ सरसफाईमा समस्या भएको अस्पतालकी हाउस किपर शान्ति सापकोटाले बताउनुभयो ।
आफुले सप्लायर्सलाई खबर गर्न खोज्दा उसंग पनि कुनै सम्पर्क नभएको भन्दै उहाँले अत्यावस्यक सामाग्रीको बेलामा उपलब्ध नहुदाँ सरसफाईका काम प्रभावित भएको बताउन भयो । उहाँका अनुसार पोचा फिनेल सरफ, हातधुने साबुन एक हप्ता देखि अस्पतालमा अभाव छ । जसले गर्दा खालि पानीले मात्रै भुईमा सफा गर्ने गरिएको छ । उहाँका अनुसार अस्पतालमा दैनिक २५ केजी सरफ, १५ लिटर फिनेल, १ कार्टुन साबुन आवश्यक पर्छ । त्यस्तै अन्य केमिकलहरु पनि उतिनै मात्रामा आवस्यक पर्ने गरेको छ । केहिदिन देखि सरसफाईका सामाग्री अभाव हुदा अस्पतालको सफाई बिभागमा कार्यरत १३० जना सफाई कर्मचारीहरुको काम प्रभावित भएको छ ।
यो बिषय सुन्दा सामान्य भएपनि अस्पतालमा नियमित सरसफाई नभए त्यहाका अन्य सेवाहरु पनि प्रभावित हुने उहाँ बताउनुहुन्छ । अस्पतालले बेलैमा सरसफाईका लागी चाहिने सामाग्री उपलब्ध नगराए बिरामी तथा तिनका आफन्तहरुमा विभिन्न सरुवा जन्य रोगहरु सर्ने सम्भावना ज्यादै रहेको उपभोक्ता अधिकार संरक्षण मन्चका उपाध्यक्ष बिष्णु भुषालले बताउनुभयो. । सप्लायर्सले लापरबाही गरेको र अस्पताल प्रशासनले जवाफदेहिता नदेखाउदा समस्या देखिएको ले यस्ता बिषयमा अस्पताल प्रशासनले बेलैमा ध्यान पु¥याउनु आवश्यक रहेको उहाँको तर्क छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०७५