नवलपरासी । नवलपरासीको सरासवल गाउपालिका ७ भुजहवाँमा बसीरहेका चमेरोको जिवन संकटमा परेको छ । गाउमा रहेको एक ठुलो बरगदको बृक्षमा लामो समयदेखि बसीरहेका हजारांै संख्यामा चमेरोहरु संरक्षणको अभावमा संकटमा छन् ।
लोपोन्मुख चरा चमेरो नवलपरासीमा हजारांैको संख्यामा भेटिएपनि यस तर्फ जिल्ला बन कार्यालय तथा गाउँपालिकाको ध्यान पुग्न सकेको छैन । शुद्ध साकाहारीको रुपमा रहेको यी चराहरु चमरो कै एक प्रजाती हुन । यिनीहरु चमेरो भन्दा दुई गुणा ठुलो हुने गर्दछन जसलाई तराईको भाषामा गादुल भन्ने गरिन्छ ।
यिनीहरु व्यक्ति तथा विभिन्न चराचुरुङ्गीको आवाज सुनेर दिनभरि यताउती उडने रुखहरुमा बस्ने गर्दछ तर रातीमा आफनो आहारको खोजीमा गाउँभरि चक्कर काटने गर्दछ छन् । यिनीहरु फलफुल बाहेक अरु केहि चिज खादैनन् ।
मान्छेहरुलाई पनि कुनै प्रकारको नोक्सानी पु¥याउदैनन् । चमेरोहरुको आहारका लागि त्यस क्षेत्रमा फलफुलका बोट विरुवाहरुका पनि कमै छन् । गाउँलेहरुले घरआँगनमा लगाएको अमरुच, आँप, पपिता जस्ता बोटका फलफुलहरु चमेरोहरुले खाने गरेको स्थानिय बताउछन् ।
खानाकै अभावले दिनहुँ एक दुईजना चमेरो मर्ने पनि गरेको स्थानिय बताउछन् । यसरी लोप हुने चरा चमेरो यति मात्रामा नवलपरासीको भुजहवाँमा मात्र पाईएको छ तर यसको संरक्षण र व्यवस्थापनका लागि कुनै निकायले पहल गरेको पाइएको छैन । यता सरावल गाउँपालिका एवं जिल्ला बन कार्यालयले, यि चमेरोहरुको संरक्षणका लागि कुनै माध्यमबाट माग नभएकाले यस आर्थिक वर्षमा केहि रकम बिनियोजन गर्न नसकेको सफाई दियो ।
आगामी आर्थिक बर्षमा चमरोको संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक रकम बिनियोजन गरि कार्य गर्नै यि दुबै निकायले प्रतिबद्धता जाहेर गरेको छ । गाउँमा रहेका यि चमेरोहरुलाई आन्तरिक पर्यटकहरु हेर्ने पनि आउने गरेको पाइएको छ ।
यिनीहरेका संरक्षण र व्यवस्थापन गरि एक भ्यु टावर निर्माण गर्ने हो भने यहाँ आन्तरिक तथा बाह्य पर्यटनहरुको आगमन हुन सक्ने स्थानियको अनुमान छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०७५