नवलपरासी । नेपाल निजामति कर्मचारी युनियन संघ जिल्ला कार्य समिती वर्दघाट सुस्ता पुर्व नवलपरासीद्धारा जिल्ला प्रसासन कार्यलयमा शुक्रवार ज्ञापन पत्र वुझाएको छ ।
कर्मचारी समायोजन ऐन २०७४ को प्रावधान वमोजिम स्वेछिक अवकासको विधि सम्मत योजनालाई तत्काल कार्यन्वयन गर्न र कर्मचारी समायोजन प्रकृयालाई शिघ्र अगाडी वढाउन माग रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नेपाल निजामति कर्मचारी युनियन संघ जिल्ला कार्य समिती नवलपुरका अध्यक्ष शिव प्रसाद सुवेदीले र संघका सचिव वावुराम भण्डारी द्धारा हस्ताक्षरीत विज्ञप्तीमा स्वेच्छिक अवकास चाहेका कर्मचारीहरु तथा ऐन नियमको प्रावधान अनुसार समायोजन हुन चाहने अन्य कर्मचारीहरुको वैधानिक मागलाई वेवास्ता गरिएमा नेपाल निजामती कर्मचारी युनियन संघ विधानको परिधिमा रहि जस्तोसुकै निर्णय लिन वाध्य भई पछि नहट्ने जनाईएको छ ।
कार्यक्रममा ज्ञापन पत्र बुझ्दै जिल्ला प्रसासन कार्यलयका प्रशासकिय अधिकृत कमल प्रसाद आचार्यले नेपाल निजामति कर्मचारी युनियन संघ जिल्ला कार्य समितीले वुझाएको ज्ञापन पत्रलाई तत्काल प्रधानमन्त्री कार्यलयमा पठाउने वताउनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०७५