चितवन । प्रदेश २ (क) का संसाद घनश्याम दाहाल (अविनाश) सहिद परिवारको अभिभावक बनेका छन् । जनयुद्धको क्रममा ज्यान गुमाएका सहिदका १३ बर्षिय छोरो रमेश तमाङ्गलाई पूर्वी चितवनको कालिका नगरपालिका वडा ७ मा रहेको पुथ्वी माविमा भर्ना गरिदिएको हुन् ।
सरकारको भर्ना अभियानलाई सफल बनाउन सहिद परिवारको छोराको अभिभावकत्व ग्रहण गर्दै पृथ्वी माविको कक्षा ६ मा भर्ना गरिएका हुन् ।
उनले ती विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै विद्यालय पोशाक, पाठ्यपुस्तक समेत उपलव्ध गराउदै हरेक बर्ष एक जना नयाँ विद्यार्थीको अभिभावक बन्ने स्पष्ट पारेका छन् । सो अवसरमा बोल्दै देशलाई समृद्धिको शिखरमा पुर्याउनु पर्नेमा जोड दिए । साथै अज्ञानताले देशको सेवा र विकास गर्न नसक्ने भन्दै उनले देशको विकासका लागि शिक्षा हुनु अपरिहार्य भएको बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५