चितवन । आफ्नो कार्यकालमा श्रमजिवि पत्रकारहरुको न्यु्नतम पारिश्रमीक निधारर्णमा लाग्ने न्यु्नतम पारिश्रमीक निधारर्ण समितिका अध्यक्ष गंगाधर पराजुलीले बताउनुभएको छ । पत्रकारहरुको न्युनतम पारिश्रमीकको कुरा विधानमा व्यवस्था भई राजपत्रमा प्रशकाशित भइ सक्दा पनि लागु नहुनु दुखद कुरा भएको हुदा यसमा लागि पर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीद्धारा विहिवार कावासोतीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उहाले सो कुरा बताउनुभएको हो ।
श्रमजीवि पत्रकार एन २०५१ र न्यनतम पारिश्रमिक निधारर्ण समितिले हरेक श्रमजिवि पत्रकारहरुले आफुले गरेको कामको आधारमा पारिश्रमीक पाउन आवस्यक रहेको बताउदै अध्यक्ष पराजुलिले अब आफ्नो कार्यकालमा सम्भवत निर्धारीत पारिश्रमीक लागु गर्ने गरि लागि पर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटले श्रमजिवि पत्रकारहरुको पारिश्रमिकको कुरालाई गहनरुपमा लिने बताउदै । पत्रकारहरुले पनि आफ्नो क्षमता तथा कार्य प्रति लगाव हुन आवस्यक रहेको बताउनुभयो ।
पत्रकारहरुको हक अधिकारको कुरा देखि अन्य कुरामा माहासंघले अनुगमन गर्ने बताउनुभयो । अन्तक्रिया कार्यक्रममा बोल्दै पत्रकार महासंघ नवलपरासीका पुर्व अध्यक्ष नारायण शर्माले पत्रकारहरुको पारिश्रीक निधारण संगै पत्रकारहरु पनि आफु कसरी अब्बल हुने भन्ने कुरामा विशेष ध्यान पुर्याउन आवस्यक रहेको बताउनुभयो ।
पुर्व अध्यक्ष शर्माले आफ्नो क्षमता अनुसारको जिम्मेवारी र कार्यमा टिकाउ रहन पनि पत्रकारहरुलाई आग्रह गर्नुभयो । जिल्ला करिव २५ जना पत्रकारहरुको सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा जिल्लामा रहेका संञ्चार गृहका प्रमुख तथा पत्रकार कर्मचारीहरुको उपस्थीत रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा मोफसलमा रहेका संञ्चार गृह संञ्चालमा राज्यले त्यति ध्यान दिन नसक्नुले पनि माृफसलका पत्रकारहरुले न्युनतम पारिश्रमिक पाउन नसक्ने अवस्था सृजना भएको संञ्चार गृह प्रमुखहरुले बताएका छन । यता विभिन्न संञ्चारगृहमा आबद्धरहेका पत्रकारहरुले न्युनतम पारिश्रमीक समितिले केवल उपत्यकामा मात्र बढि निगरानी गरेका कारण मोफसलका पत्रकारहरुले समितिको निधारीत न्युनतम पारिश्रमीक पाउन नसकेको बताएका छन ।
श्रमजिवि पत्रकार एन २०५१ म जारी भएपछि २०६४ मा पहिलो पटक ऐन संशोधन गरेर नयाँ संरचनामा न्युनतम पारिश्रमिक निधारर्ण समिति गठन गरिएको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०७५