चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको बालबालिका भर्ना अभियान अन्तर्गत बुधवार पश्चिम चितवनको मेघौलीमा अल्पसंख्य समुदायका बालबालिकाहरुलाई विद्यालय भर्ना गराउनु भएको छ ।
जिल्लाको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा माझी र मुसहर समुदायका दुई बालकहरुको विद्यालयमा भर्ना गरि अध्यक्ष प्रचण्डले अभिभावकत्व ग्रहण गर्नुभएको हो ।
अध्यक्ष प्रचण्डलले ९ वर्षका अरुण मुसहर र ५ वर्षका पत्रुस माझीलाई विद्यालयमा भर्ना गर्नु भएको हो । अध्यक्ष प्रचण्डको अभिभावकत्वमा दुई बालकहरुले कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउने छन् ।
मेघौलीको उक्त क्षेत्र अल्पसंख्यक माझी, बोटे र मुसहरहरुको बाहुल्य रहेको क्षेत्र हो । अध्यक्ष प्रचण्ड सोही निर्वाचन क्षेत्रको प्रतिनिधि सभाको सासद समेत हुनुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५