रूपन्देही । लुम्विनी बौद्ध विश्व विद्यालयले २५६२ औं बुद्ध जयन्तीका अवसरमा यही वैशाख १६ गते लुम्विनीमा पहिलो पटक दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । बिश्व बिद्यालयले आज बिहान लुम्विनीमा पत्रकार सम्मेलन आयोजना गरी बिश्व बिद्यालयबाट स्नातकोत्तर र बिद्यावारिधि उत्रिण गरेका बिद्यार्थीहरुलाई पहिलो पटक दीक्षित गर्न लागेको जानकारी गराएको हो ।
विश्व विद्यालयका रजिष्टार तिलक आचार्यले स्नातकोत्तर उत्रिण ९१ जना र बिद्यावारिधि उत्रिण १६ जनालाई बुद्धजयन्तीका अवसरमा आयोजना हुने दीक्षान्त कार्यक्रममा दीक्षित गरीने जानकारी दिए।
दीक्षान्त समारोहमा श्रीलंकाको बुद्धिष्ट एण्ड पालि युनिभर्सिटि अफ श्रीलंकाका उपकुलपति भिक्षु प्रा.डा. गल्ल्याले सुमन सिरी थेरोलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको कार्यक्रममा विश्व विद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति तथा शिक्षामन्त्रि गिरीराजमणि पोखरेल लगायतको उपस्थिति रहने आचार्यले जानकारी दिए ।
सोही अवसरमा ५० हजार रुपैयाँका २ वटा पुरस्कार पनि बितरण गरीने छ । २०६३ सालमा स्थापना भएको लुम्विनी बौद्ध बिश्व बिद्यालयमा २०६९ सालदेखि मात्रै पठन पाठन सुरु भएको थियो । यस बिश्व बिद्यालयमा अहिले स्नातक देखि विद्यावारिधि सम्म ४ सय ४७ बिद्यार्थी अध्ययनरत रहेका छन ।
प्रकाशित मिति: शनिबार, वैशाख १, २०७५