कास्की । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विद्यालय जान नपाएका दुर्इ बालबालिकालार्इ अाज विद्यालय भर्ना गराएका छन्।
पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शिला जिरेल र अभिषेक नेपालीलार्इ भर्ना गराएका हुन्। भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक दोलखामा भूकम्पले घर भत्किएपछि हाल पोखरामा मजदूरी गर्दै आएको छ भने नेपालीका बुबा दीर्घरोगी र आमाले मजदूरी गरी परिवारको गर्जो टार्दै आएकी छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख १, २०७५