मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीले रारा –कर्णाली पर्यटन वर्ष २०७५ को आज यहाँ एक समारोहबीच उद्घाटन गरेका छन्।
सो अवसरमा उनले रारा एक पटक जानै पर्ने ठाउँ भएको बताए । छायाँनाथ हेर्ने हो भने वैशमै जाउँ, बढेशकाल लागेपछि गाह्रो हुँदोरहेछ, उनले भने।
प्रधानमन्त्री ओलीले रारालाई पर्यटकीय आकर्षक गन्तव्य बनाइने, जडीबुटीको प्रदेश कर्णालीलाई अर्गानिक प्रदेश, कर्णाली राजमार्गको स्तरवृद्धि, सुर्खेत र मुगु जोड्ने सडक निर्माण, हवाई यातायात नियमित र राराको सुन्दरता एंव पवित्रता कायम गरिने बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रविन्द्रप्रसाद अधिकारीले रारा र से फोक्सेण्डोलाई पर्यटकीय सर्किटमा जोडिने बताए ।
आज मात्र १५ हजार आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०७४