चितवन । नयाँ वर्ष २०७५ को दिन शनिबार नारायणगढ–मुग्लिन सडक खण्ड बन्द नहुने भएको छ ।
दैनिक विहान १० देखि अपरान्ह ४ बजेसम्म बन्द हुदै आएको सडक भोली दिनभर संचालनमा रहने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड निर्माण कार्यको लागि दैनिक ६ घण्टा यातायात संचालनमा रोक लगाउदै आईएको छ ।
वैशाख २ गतेदेखी पुनः दिउसोको समयमा ६ घण्टा सडक बन्द गरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । तीन वर्षअघि सुरु भएको सडक विस्तारको काम अहिले अन्तिम चरणमा पुगेको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले सडक निर्माणको काम ८८ प्रतिशत पुरा भईसकेको जानकारी दिनुभयो । उहांले जेठको अन्तिमसम्म सबै काम सक्ने लक्ष्य राखिएको बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, चैत २९, २०७४