चितवन । सरकारले चाडपर्वमा दिइँदै आएको १ दिने विदा पनि कटौती गरेपछि नेपाल आदिवासी जनजाति महासंघ लगायत विभिन्न जातीय सामाजीक संघसंगठन आन्दोलनमा उत्रिएको छ ।
आन्दोलन अन्तर्गत आज आदिवासी जनजाती महासंघ चितवनले चाडपर्वमा दिईदै आएको सार्वजनिक विदा खारेज गर्ने निर्णय फिर्ता लिन माग गर्दै सरकारलाई ज्ञापन–पत्र बुझाएको छ । बिहिवार जिल्ला प्रशासन कार्यलयमार्फत सरकारलाई ५ बुंदे ज्ञापन पत्र बुझाउँदै महासँघले चाडपर्वको विदा याथावत राख्न माग गरेको हो ।
महासंघले आदिवासी जनजाती समुदायको तमू ल्होसार, सोनाम ल्होछार, माघी÷माघे सक्रान्ती र उधौली÷उभौली लगायतका चाडपर्वमा वषौँदेखि दिईदै आएको १ दिने विदा कटौती गरेर धर्म्निरपेक्ष राज्यको उपहास गर्दै महेन्द्रकालीन पञ्चायती व्यवस्था लागु गर्न खोजेको भन्दै आपत्ती जनाएको छ ।
महासंघ जिल्ला समन्वय परिषद चितवनका अध्यक्ष सुरविर थापाले आफुहरुलाई अधिकार विहिन बनाउने सड्यन्त्र नरोकिए कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । लामो संघर्ष, आन्दोलनपछि पाएको अधिकार खोसेर वर्तमान सरकारले निरंकुसता प्रदर्शन गरेको भन्दै ज्ञापन पत्रमा भनिएको छ सरकारले समृद्धिको लागी काम गर्नुपर्ने बाहाना बनाएर चाडपर्वको विदा खारेजीको निर्णय गरेकोमा हामी नेपालका समस्त आदिवासी जनजातिहरुको गम्भीर आपत्ति रहेको छ ।
सड्यन्त्रपुर्वक ढंगले विदा कटौति गरेर अधिकार विहिन बनाउन खोजेको आरोप लगाउदै महासँघले वर्षमा १ दिन विदा दिदैमा मुलुकको समृद्धिमा कुनै असर नपर्ने जिकिर गर्दे बरु सांस्कृतिक चाडपर्वहरुले राष्ट्रीय मान्यता प्राप्त गर्नु पनि समृद्धिको महत्वपुर्ण पाटो भएको जनाएको छ ।
विभिन्न २० वटा जातीय सामाजीक संघ संगठनहरुले संयुक्त रुपमा बुझाएको ज्ञापन–पत्रमा जवसम्म नेपाली जनताको ऐतिहासिक पहिचान र अधिकार सहितको मुद्धाहरुलाई राज्यले सम्बोधन गर्न सक्दैन तवबम्म आर्थिक समृद्धि र राष्ट्रिय एकता सम्भव नभएको उल्लेख गरीएको छ ।
यस्तै ज्ञापन पत्रमा प्रदेशको नामाकरण गर्दा पहिचानको आधारमा गर्न तथा ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदाहरु विकासको नाममा विनास गर्ने कार्य तुरुन्त बन्द गर्न पनि माग गरेको छ । ज्ञापन प–त्र बुभ्mदै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जतिसक्दो छिटो ईमान्दारीताका साथ पत्र सरकारलाई पठाउने बताउनुभयो । सरकारले केहि दिनअघि चाडपर्वमा दिईदै आएको सार्वजनिक विदा खारेज गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: बुधबार, चैत २८, २०७४