काठमाडौँ । हिन्दु धर्मगुरु श्रीनिवासाचार्यमाथी भएको गोली प्रहारका बिरुद्ध मुलुकका बिभिन्न स्थानमा निरन्तर प्रदर्शन भईरहेको छ ।
आज्ञात समूहको आक्रमणमा परि गंभिर घाइते भएका श्रीनिवासाचार्यको बिराटनगरमा उपचार भइरहेको छ । उनको अबस्था अहिले स्थीर रहेको समेत अस्पतालले जानकारी दिएको छ । धर्मगुरु माथी भएको आक्रमणमा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै देशका विभिन्न क्षेत्रमा सोमवार देखि निरन्तर बिरोध प्रदर्शन भइरहेका छन ।

काठमाडौँ, नवलपरासी, बिराटनगर, बिरगंज लगायतका देशका बिभिन्न स्थानमा बिरोध प्रदर्शन भइरहेको छ । बिरोध प्रदर्शनमा हज्जारौको संख्यामा मानिसहरु स्वतःस्फुर्त रुपमा सहभागी भएका छन । हिन्दु धर्मका धर्मगुरुमाथीको गोली प्रहार सिंगो हिन्दु धर्ममाथीको आक्रमण भएको भन्दै हिन्दु धर्मका अनुयायीहरु निरन्तर प्रदर्शन गरिरहेका छन । बहुसंख्यक नेपाली जनताको चाहाना बिपरित सबिधानमा हिन्दु राज्य हटाउदै धर्मनिरपक्ष घोषणा गरेपछि सनातन हिन्दु धर्मावलम्वीहरुले आफुलाई असुरिक्षत महसुश गर्दै आएका छन ।

सबिधान कार्यन्वयन आरम्भ हुने बितिकै हिन्दुहरुका चाडबाडमा दिइदै आएको बिदा कटौतिका संगै गाैहत्याको मुद्धा समेत छताछुल्ल पारिएको छ । एक पछि अर्कौ सृखलाका रुपमा हिन्दु धर्म माथी आक्रमण भइरहेका बेला धर्मरक्षक श्रीनिवासाचार्यमाथीको गोली प्रहार पछि सम्पूर्ण सनातन हिन्दु धर्मावलम्वीहरुलाई थप शसंकित बनाएको छ । अब धर्म गुरुका हत्यारालाई कारबाही मात्रै होइन बहुसंख्यामा रहेका हिन्दुहरुको माग बमोजिम मुलुकलाई पुनः हिन्दु धर्ममा फर्काउनुपर्ने आन्दोलनमा संलग्न हिन्दु धर्मावलम्वीहरुका बिभिन्न संघ संस्थाका अगुवाहरुले बताइरहेका छन ।






प्रकाशित मिति: बुधबार, चैत २८, २०७४