काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गुण्डा नाइके गणेश लामालार्इ पूर्पक्षका लागि जेल चलान गरेको छ।
गौलाशाबाट पेस्तोलसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई जिल्ला प्रशासन कार्यालयले सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अादेशसँगै उनलार्इ डिल्ली बजार कारागार चलान गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
३० फागुनमा गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेलगत्तै घटनास्थल पुगेको महानगरीय प्रहरी वृत, गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको थियो ।
घटनास्थल नजिकैबाट गणेश लामालाई टाइप ५४ मोडेलको चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनलाई इजाजत विना गैरकानूनी रुपमा हातहतियार लिई हिडेको कसुरमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।
प्रकाशित मिति: आइतबार, चैत २५, २०७४