चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–१ स्थित सिमलघारीमा चट्याङ लागेर चार जना घाईते भएका छन् ।
आज (बुधबार) बाख्रा चराउन पुगेका रत्ननगर नगरपालिका–५ की अन्दाजी ४५ वर्षीया सुशीला परियार, सोही स्थानकी वर्ष १२ की ज्योती परियार, वर्ष १० की सिम्रन परियार र वर्ष ९ की गाजल परियार घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते सुशीलाको खैरहनीमै उपचार भईरहेको छ भने अन्य तीन जना बालिकाहरुलाई थप उपचारका लागि भरतपुर ल्याईएको जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले नारायणी अनलाईनलाई जानकारी दिनुभयो ।
यस्तै चट्याङ लागेर ७ वटा बाख्रा समेत मरेको छ । दुई वटा बाख्रा भने घाईते भएको प्रहरीले जनाएको छ । त्यस्तै रत्ननगर नगरपालिका–१५ पिठुवामा हावाहुरीले गर्दा ईट्टा खसेर लाग्दा वर्ष १६ की विभुती कोइराला गम्भिर घाईते भएकी छिन् । उनको टाउकोमा चोट लागेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २०, २०७४