रूपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्धसम्मेलन,२५६२ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस भब्य रुपमा मनाउनका लागि लुम्बिनी बिकासकोषद्वारा तयारी तीब्र पारेको छ।
लुम्बिनी बिकास कोषले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा पाँचसय एक जना मूलसमारोह समिती र बिभिन्न १३ वटा उपसमितीमा आबद्ध गराई तयारी तीब्र पारिएको हो ।
कोष स्थित प्रचार प्रसार उपसमितीले दिएको जानकारी अनुसार यही बैषाख १५, १६ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, र बैषाख १७ गते २५६२ औं बुद्धजन्यती तथा लुम्बिनी दिवस मनाउन करीब तीन हजार जना अटने गरि कार्यक्रम स्थलमा चैत्र ५ गते देखि तीन करोड ९७ लाखको लागतमा अस्थायी सम्मेलन हल प्रधानमन्त्री ओलीको निर्देशनमा नेपालीसेना द्रुतगतिमा निर्माण थालनी गरिएको छ ।
सम्मेलन अगावै बिशाल सभाहल निर्माण गर्ने लक्ष्य राखी करीब ३५ प्रतिशत काम सकिएको लुम्बिनी बिकास कोषका योजना प्रमुख निमित्त सदस्यसचिव सरोज भट्टराईले जानकारी गराए ।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीन,भारत,जापान, फ्रान्स, पोल्याण्ड,मलेशिया,जर्मन,श्रीलंका लगायत १५ राष्ट्रका प्रतिनिधी प्रवेच्छकहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै सम्मेलनमा साढे चारसय जति भाग लिने योजना प्रमुख भट्टराईको भनाई छ ।
त्यसै गरि बैषाख १५,१६ र १७ गते अन्र्तराष्ट्रिय बौद्ध सम्मेलन २५६२ बुद्धजयन्ती तथा लुम्बिनी दिवस उदघाटनका लागि राष्ट्रपति बिद्यादेबी भण्डारी,प्रधानमन्त्री केपीशर्मा ओली लुम्बिनीमै बसेर तीन दिन सम्म बिभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।
त्यतिमात्र नभई साढे ६ करोडको खर्चमा अन्र्तराष्ट्रिय बौद्ध सम्मेलन र बुद्धजयन्ती कपिलबस्तु ,देवदह र रामग्राममा छुट्टा छुट्टै बुद्धजयन्ती मनाउनुकासाथै २५६२ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसमा डेढ ्रदुई लाख भिक्षु भिक्षुणी उपासक,उपासिका भद्रभलादमीहरुलाई उतारने योजना प्रमुख भट्टराईले दाबी समेत गरे ।
यसैबिच बुद्ध जयन्तीलाइ भब्यरुपमा सम्पन्न गर्न गठीत प्रचारप्रसार उपसमितीको बैठक लुम्बिनीमा सम्पन्न भएको छ । बैठकले बुद्ध जयन्तीको प्रचार प्रसार र सुचनाको सहज पहुचका लागि ५ सदस्यीय मिडीया डेस्क गठन गरेको छ ।
जसमा लुम्बिनी बिकास कोषका प्रशाषकीय अधिकृत चूडामणी भट्टराई, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम,पत्रकारहरु बिरेन्द्र कुमार मिश्रा,बिन्दु कुमार चौहान र प्रहलाद यादब रहेका छन् । मिडीया डेस्कलाइ बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी, भइरहेका गतिबिधि सम्बन्धमा समाचार संकलन गर्ने, सञ्चारमाध्यमसंग समन्वय गर्ने जिम्मेवारी समेत प्रदान गरिएकोे छ ।
प्रकाशित मिति: मंगलबार, चैत २०, २०७४