चितवन । भारतबाट अवैधरुपमा भित्राइएको ८ टन कुखुराको मासु वाईसीएल चितवनले बरामद गरेको छ । गएराति बरामद भएको मासु र ट्रकलाई प्रहरीको जिम्मा लगाइएको छ ।
भैरहवा भन्सारबाट भारतीय नम्बर प्लेटको यूपी ७० बीटी १७७६ नम्बरको ट्रकमा लोड गरिएको बोनलेस मासु बरामद गरेर चितवन प्रहरीलाई जिम्मा लगाइएको छ । भन्सारको कागजमा माछा, केराउ, मकै, आलु र आलु चिप्स उल्लेख भएपनि ट्रकभित्र हेर्दा मकै र चिप्सको बीचमा बोनलेस कुखुराको मासु भेटिएका वाईसीएल चितवनका नेता साजन अधिकारीले जानकारी दिनुभयो ।
वाईसीएल टोलीले नवलपरासीको दुम्कीबासबाट पिछा गर्दै रामनगर पानी ट्यांकीमा आएर ट्रकसहित मासु नियन्त्रणमा लिएको थियो ।सो टोलीमा वाईसीएल इन्चार्ज मधु न्यौपाने, कुखुरा पालक किसान संघका केन्द्रीय अध्यक्ष झनक पौडेल, वाईसीएल केन्द्रीय सदस्यहरु उत्तम गुरुङ र साजन अधिकारी, वाईसीएल जिल्ला संयोजक ईश्वर रेग्मी, वाईसीएल भरतपुर महानगर १० का अध्यक्ष दिपन्द्र पण्डित, वडानम्बर २ का अध्यक्ष अमर तामाङ र भानु न्यौपाने सहभागी रहनु भएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत १९, २०७४