नवलपरासी । नवलपरासीको परासी स्थिति जिल्ला कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको छ । जिल्ला कारागारमा १ सय ७५ जना कैदीबन्दी राख्ने क्षमता भएको भएपनि यहाँ अहिले ३ सय ८२ कैदीबन्दी राखिएको छ । जसले गर्दा ब्यवस्थापनमा समस्या भएको कारागारका पप्पु यादवले बताउनु भयो ।
२०७२ सालको चैत्र महिनामा निर्माण सम्पन्न भएर कैदीबन्दीहरु लाई नयाँ कारगारमा सारिएको थियो । कारागारका पप्प’ यादवका अनुसार अहिले कारागारमा पुरुष ३ सय २१ जना र महिला ६१ जना महिला गरि ३ सय ८२ जना कैदीबन्दी छन ।
पुरुष १ सय ५० जना र महिला जम्मा २५ जना राख्ने क्षमता कारागारको छ । जसमध्ये कैदीबन्दी पुरुष १ सय ९० जना , थुनुवा पुरुष १ सय १४ छन भने महिला कैदीबन्दी २५ जना, महिला थुनुवा ३१ जना छन । बाह्य देशका पुरुष कैदीबन्दी १२ जना, पुरुष थुनुवा ५ जना र बाह्य देशका महिला कैदीबन्दी ४ जना रहेको यादवले जानकारी दिनुभयो ।
६ जना नाबालक समेत रहेका छन जसमध्ये ४ जना बालक र २ जना बालिका कारागारको भौतिक अवस्था राम्रो रहेको कारगारका पप्पु यादवले जानकारी दिनुभयो । पहिलेको कारागार जिर्ण भएकाले २०७२ सालको चैत्रमा मात्रै निर्माण सम्पन्न गरेर कैदीबन्दीलाई सारिएको थियो ।
कारागार साढे २ विगाहा क्षेत्रफलमा फैलिएको छ ।कैदीबन्दीलाई खेल्नका लागि सुविधा खुल्ला ठाउ रहेको यावले बतानुभयो । क्षमताभन्दा बढि कैदीबन्दी भएकाले ट्वाईलेटका लागि समस्या भएको यादवको भनाई छ । यस्तै क्षमता भन्दा धेरै कैदी बन्दी रहदा ब्यवस्थापनमा पनि समस्या भएको उहाँले बताउनु भयो ।
ट्वालेटका लागि विभिन्न संघसंस्थालाई आग्रह गरेको र निर्माण गरिदिने प्रतिबद्धता जाहेर गरेकाले छिट्टै निर्माण हुने समेत यावको भनाई छ । २ जना बालवालिकाहरुरको विद्यालय जाने उमेर पुगेको छ । उनीहरु का घरका सदस्यहरुले ति बालबालिकालाई लिन नआउदा बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०७४