काठमाडौँ । पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनका शरीरलार्इ नेपाल ल्याउने बारे तयारी भइरहेको छ । मिर्गौला, छाती र नसाको समस्याबाट पीडित उनको उपचार फागुनको पहिलो साता देखि दिल्लीमा भइरहेको थियो ।
उनको स्वास्थ्य स्थितिप्रति गम्भीर भएपछि नेपाली कांग्रेसले उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत १५, २०७४